रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति « Khabarhub

रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी नाकामा आएको बाढीका कारण सयौँ व्यवसायीको अर्बौँ मूल्य बराबरको सामग्रीमा क्षति पुगेको छ । बाढीले ईभी बाहेक तीन दर्जन धेरै सवारी साधन बगाउँदा ठूलो क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अध्यक्ष रामहरि कार्कीले पछिल्लो जानकारीअनुसार २५ वटा कन्टेनर र ईभी बाहेक अन्य १० वटा मालवाहक सवारी साधन बाढीले बगाएको बताए । ‘सबै सामग्री ल्याएका भन्सार जाँचपास भएका सवारी साधन थिए, अहिले १२ वटा भन्सार यार्डमा पनि छन्’, अध्यक्ष कार्कीले भने ।

बाढी आएपछि २० जना जति सवारी साधनमा काम गर्ने ड्राइभर लगायतका कर्मचारी पारीपट्टी रहेको उनले बताए । अहिले भन्सार यार्डमा रहेका सवारी साधन पनि बग्ने वा नबग्ने एकिनका साथ भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

साथै, बाढीका कारण अहिलेसम्म एक जना सवारी चालक बेपत्ता रहेको जानकारी प्राप्त भएको अध्यक्ष कार्कीले बताए ।

अर्का व्यवसायी भरत कोइरालाले आफ्ना रसुवामा रहेका कर्मचारीले २५ वटा संख्यामा भन्सार पासको निम्ति ल्याइएका २५ वटा जति विद्युतीय सवारी साधन बाढीले बगाएको जानकारी दिएको बताएका छन् । 

साथै, बिहानदेखि अहिलेसम्म भन्सारका कर्मचारी, सेना र प्रहरीको सहयोगमा १८ वटा गाडी सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

व्यवसायी कोइरालाले रसुवागढीमा क्षति भएका कन्टेरनमा २/३ सय जना व्यवसायीको सामग्री भएको बताएका छन् । उनले ती कन्टेनरमा अर्बौँ बराबरको सामग्रीमा अधिकांश सामग्रीको बीमासमेत नहुने गरेकाले व्यवसायीले ठूलो क्षति व्यहोरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भने सवारी साधनमा भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : २५ बजे

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल