चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : प्रकाशशरण महत « Khabarhub

चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : प्रकाशशरण महत


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् । 

‘चीनको सल्ली भन्दा माथि सुजिङ ताल फुटेर यो भएको भन्ने कुरा कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सीडीओले प्राप्त गरेको,’ सांसद महतले भने, ‘यो वर्षाको कारण नभइ ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठूलो धनजनको क्षति भएको छ ।’ 

उनले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रुपमा लिनुपर्ने पनि बताए ।

 ‘सरकारले यसलाई वार्निङ साइनको रुपमा लिएर देशै भरी हुन सक्ने यस्ता आपत्‌विपत्, हुन सक्ने मानवीय र भौतिक क्षतिलाई रोक्न हरसम्भव प्रयास गर्नुपर्छ,’ महतले भने, ‘क्षति हुने परिस्थितिमा पनि उद्धार–राहत कार्यलाई तीव्रताका साथ अगाडि बढाउनका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ५१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक