नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न प्रेम आलेको माग « Khabarhub

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न प्रेम आलेको माग


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उनले क्यानका महानिर्देशक अधिकारीलगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।  

‘म सरकारसँग तत्काल क्यानका महानिर्देशक लगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनको लागि म माग गर्न चाहन्छु,’ आलेले भने । 

सांसद आलेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको ठहर गर्दै अधिकारीलाई निलम्बन गर्न अख्तियारलाई सिफारिस गरेको पनि स्मरण गराए । 

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जेठ ७ गते सार्वजनिक लेखा समितिले अनियमितता ठहर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरेको थियो,’ उनले भने, ‘आज करिब ४७ दिन भइसकेको छ । न ती पदाधिकारीहरू निलम्बन भएको छन्, न कारबाही प्रक्रिया अगाडि बढेको छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : २३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका