रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्‍मा कुर्सी खाली (तस्बिरहरू) « Khabarhub

रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्‍मा कुर्सी खाली (तस्बिरहरू)


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेपछि संसद्‌मा कुर्सीहरू खाली देखिएका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको समिति अस्वीकार गरेका दुबै दलहरूले मंगलबार एकसाथ बैठक बहिष्कार गरेका हुन् ।

बैठकको सुरुवात मै रास्वपाका तर्फबाट सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट धारणा राख्दै संसद् बहिष्कारको घोषणा गरेका थिए । 

यसअघि सोमबारको बैठकमा रास्वपाले वेल घेराउ गरेको थियो भने राप्रपाले बहिष्कार गरेको थियो । दुवै दल जेठ १३ गतेदेखि लगातार संसद्मा भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ३९ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका