विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम « Khabarhub

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले कार्यभार सम्हालेको सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।

मंगलबार उनले प्राधिकरणमा पत्रकार पत्रकार सम्मेलन गरेर सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका हुन् ।  २०८१ चैत ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

शाक्यले पद बहालीपछि नेपाल विद्युत् प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने गरी श्वेतपत्र पत्र जारी गरेका थिए । 

उनले ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि केही कार्यहरू अघि बढाएको जानकारी दिए । उनले ऊर्जा सुरक्षा विश्वसनीय विद्युत्, नवीनतम उपायहरूबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्याङ्क मानवस्रोत व्यवस्थापन, ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि निम्न कार्यहरू अगाडी बढाइएको बताए । 

‘कुलेखानी सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको छ ।’ उनले भने, ‘हुलिङटार-दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको छ ।’

उत्तरगंगा जलविद्युत आयोजना र अपर अरुण जलविद्युत आयोजनाको लाइसेन्स प्रक्रिया अगाडी बढाइएको शाक्यको भनाइ छ ।

औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि र विश्वासको वातावरण निर्माणको प्रयास थालनी गरेको पनि उल्लेख गरे । ‘उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीका आधारमा केन्द्रीय स्तरमा १० सर्वाधिक महत्त्वपूर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेस प्रदेशका त्यस्ता ग्राहकहरूलाई सम्मान गरिएको छ,’ उनले भने । 

डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुल सम्बन्धी विवाद लामो समयको अन्यौलपछि समाधानको बाटोमा रहेको बताउँदै उनले भने, ‘त्यसका लागि संचालक समितिबाट पुनरावलोकनको म्याद सहित पुनरावलोकन धरौटी रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्ति लगायतको नीतिगत निर्णय गरिएको र सोही अनुसार सार्वजनिक सूचना जारी गरिएको छ । 

जस अनुसार पुनरावलोकनको लागि ४६ निवेदन प्राप्त भएको र हाल पुनरावलोकन कमिटीले पुनरावलोकन सम्बन्धी कार्य गरिरहेको पनि जानकारी दिए  । ‘निश्चित अवधि भित्र यो मुद्दा समाधान हुने देखिन्छ,’ उनले भने ।

उनका अन्य कामहरु

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ३३ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका