एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ « Khabarhub

एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध हुण्डी कारोबार र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय नागरिकहरु रमेशकुमार गुप्ता र विपिन कुमारलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोले जनाएको छ ।

गुप्ताले संचालन गरेको राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार भइरहेको प्रहरीको भनाइ छ ।

सोमबार ललितपुरको सानेपास्थित कालोपुलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डीसम्बन्धि कारोबार गर्न नहुने कसूर र वन्यजन्तु सम्बन्धी कसूरमा मुद्दा चलाइने छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : २५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको