सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ : मन्त्री भण्डारी « Khabarhub

सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ : मन्त्री भण्डारी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।

मन्त्रालयगत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुर्‍याएको बताए। 

उनले भने, ‘उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । हाल क्षतिग्रस्त छ । चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन । उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ ।’

गएराति रसुवामा आएको बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ भने बाढीमा १८ जना बेपत्ता रहेको बताइएको छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले