हितेन्द्रदेवले भने- भोटेकोसीको बाढीले २४० मेगावाट विद्युत् उत्पादन रोकियो « Khabarhub

हितेन्द्रदेवले भने- भोटेकोसीको बाढीले २४० मेगावाट विद्युत् उत्पादन रोकियो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ ।  

आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए । 

बाढीका कारण सबै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए । त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए । 

अन्य आयोजनाबाट बाढी घट्नेबित्तिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री ए बाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए ।

त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केही लिन लागिएको बताए । उनले रकम अभावकै कारण हेटौडा–ढल्केबर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे ।  

उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए । 

त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निजगढ-पोखरीया, बालाजुदेखि महराजगंज हुँदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ५० बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको