कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन « Khabarhub

कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको हो । 

उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको ०४७ सालको अन्तरिम सरकारमा रेग्मी आवास तथा भौतिक योजनामन्त्री थिए । 

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मीले कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरेर पूर्वमन्त्री रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त 
गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ०० बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको