प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भए पनि स्वीकृत गरिएन ।

सो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेर प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री मानवीर राईले जवाफ दिने समयमा सभामुख देवराज घिमिरेले विशेष कारणवश कार्यसूचीबाट हटाइएको जानकारी गराए।

त्यसअघि सांसद वर्षमान पुनले संवैधानिक परिषद्लाई समावेशी बनाउनुपर्ने र ठीक ढङ्गले चलाउनुपर्ने बताए। उनले विगतमा परिषद्लाई दुरुपयोग गरिएको घटनाक्रमले पुष्टि गरेको उल्लेख गर्दै परिषद्मार्फत नियुक्ति भएर आउने व्यक्तिहरू स्वेच्छाचारी भएको धारणा राखे ।

सांसद प्रकाश ज्वालाले परिषद्को निर्णय प्रक्रिया र विधिमा सरकार हाबी भएको विगतको घटनाक्रमले स्पष्ट पारेको उल्लेख गर्दै नयाँ विधेयकमा समेत प्रधानमन्त्री र अर्का एक जना सदस्य मात्रै उपस्थित भए पनि नियुक्तिका लागि सिफारिस गर्ने प्रावधानले अराजकता निम्त्याउने धारणा राखे ।

सांसद चन्द्र भण्डारीले संवैधानिक निकायमा योग्य र दक्ष मानिस नियुक्त गर्न छाडेर आफ्ना मानिस नियुक्त गर्दा देशले अग्रगति लिन नसकेको बताए । सांसद पूर्णबहादुर घर्तीले संवैधानिक परिषद्को निर्णय पारदर्शी र विधिसम्मत् हुनुपर्ने बताए । परिषद् दल विशेषको निकाय नभए पनि विगतमा त्यस्तो प्रयास भएको उनको भनाइ छ ।

सांसद प्रेम सुवालले संवैधानिक निकायमा नियुक्त हुने व्यक्ति योग्य र दक्ष नभएको अभ्यासका क्रममा पाइएको, न्यायाधीश नियुक्त भएका व्यक्तिहरू पार्टी कार्यालय पुगेको दृष्टान्त पेस गरे। 

सांसदद्वय नारायणी शर्मा र माधव सापकोटाले राज्यका निकायलाई विधिसम्मत् ढङ्गले चलाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार २५ गते बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं