सभामुखको विश्वास- ‘कुलिङ पिरियड’माथिको छानबिन समयमै सकिने छ  « Khabarhub

सभामुखको विश्वास- ‘कुलिङ पिरियड’माथिको छानबिन समयमै सकिने छ 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।  

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प्रतिवेदन दिने विश्वास व्यक्त गरेको समिति संयोजक जीवन परियारले जानकारी दिए ।

सिंहदरबारभित्रै समितिको सचिवालय रहने र समितिले दिएको क्षेत्राधिकारमा रहेर जिम्मेवारी पुरा गर्न काम सुरु गरिसकेको उनले बताए ।

सचिवालयका लागि संसद् सचिवालयबाट सचिव, उपसचिव र कर्मचारीको व्यवस्थापन भएको उनले जानकारी दिए । संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सोमबार प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ०१ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली