भाउजुको हत्या आरोपमा ६९ वर्षीय वृद्धा देवर पक्राउ « Khabarhub

भाउजुको हत्या आरोपमा ६९ वर्षीय वृद्धा देवर पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मोरङ– आफ्नै ६० वर्षीया भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

भाउजु  टिकामाया कार्की बस्नेतको हत्या गरेको आरोपमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

शनिबार रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै–झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी भाउजु टिकामायाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १६ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको