महेश–अस्मिता जोडीले घोषणा गरे ‘यूएसए टुर’, यी शहरमा दिँदैछन् प्रस्तुती | Khabarhub Khabarhub

महेश–अस्मिता जोडीले घोषणा गरे ‘यूएसए टुर’, यी शहरमा दिँदैछन् प्रस्तुती


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक जोडी महेश काफ्ले र गायिका अस्मिता अधिकारीले अमेरिका टुर घोषणा गरेका छन् ।

काठमाडौंको हात्तिसारस्थितमा मंगलबार पत्रकार सम्मेलन गरेर यो जोडीले अमेरिका टुर घोषणा गरेको हो । उनीहरू ‘सोलफुल युएसए’ नामक सांगितक कार्यक्रम अन्तर्गत रहेर अमेरिका टुर गर्ने भएका हुन् ।

सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म टुर चल्ने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अमेरिकाका २० वटा शहरमा उनीहरूले साङ्गीतिक प्रस्तुति दिने तय भएको बताइएको छ ।

कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनियालगायतका शहरमा यो कार्यक्रम हुने आयोजकले थ्री ई इन्टरटेन्मेन्ट बताएको छ ।

केही दिनमा कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको आयोजकले जानकारी दिएको छ ।

आफूहरूको लाइभ प्रस्तुतिका लागि तयार भएर बस्न दर्शकलाई महेशले आग्रह गरेका छन् ।

आयोजक थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अञ्जान बुढाथोकीका अनुसार अमेरिकामा यो जोडी गायकको माग भएकाले यो कार्यक्रम गर्न लागिएको हो ।

महेश र अस्मिता श्रीमान्-श्रीमती हुन् । उनीहरू गत फागुनमा विवाह बन्धनमा बाँधिएका हुन् ।

यो पनि : विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : २० बजे

संघीय सञ्चित कोष दुई खर्ब घाटामा

काठमाडौं– आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

वालिङ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा

समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा 

काठमाडौं – समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १

नेपाल पर्यटन बोर्डको बजेट : ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले आठ अर्ब ६६ करोड ९८ लाख