अर्थसंक्षेप : रसुवागढीमा ईभी गाडी र २५ वटा कन्टेनर बगे, अर्बौँको क्षति, ११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति २६ खर्बनजिक « Khabarhub

अर्थसंक्षेप : रसुवागढीमा ईभी गाडी र २५ वटा कन्टेनर बगे, अर्बौँको क्षति, ११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति २६ खर्बनजिक


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ६ अर्ब बढी

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ०.१४ अंकले घटेको छ । लगातार ६ कारोबार दिन पछि सोमबार नेप्सेमा करेक्सन देखिएको थियो । मंगलबार बजार बराबर जस्तै रहेको छ ।

बजारमा सामान्य गिरावट आउँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।

विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक

रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै जेठ मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको छ । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि भएर २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको हो ।

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

गभर्नर विश्व पौडेलको मुद्दा अग्राधिकारमा

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देश

हितेन्द्रदेवले भने- भोटेकोसीको बाढीले २४० मेगावाट विद्युत् उत्पादन रोकियो

नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ ।

आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।

बाढीका कारण सबै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए । त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए ।

अन्य आयोजनाबाट बाढी घट्नेबित्तिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री ए बाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम

सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ : मन्त्री भण्डारी

जग्गा विवाद नमिल्दा ‘बेकामे’ बन्दै दमकको बिजनेस टावर, पूर्वाधार निर्माणले गति लिँदा स्थानीय निराश

रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति

रसुवागढी नाकामा आएको बाढीका कारण सयौँ व्यवसायीको अर्बौँ मूल्य बराबरको सामग्रीमा क्षति पुगेको छ । बाढीले ईभी बाहेक तीन दर्जन धेरै सवारी साधन बगाउँदा ठूलो क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अध्यक्ष रामहरि कार्कीले पछिल्लो जानकारीअनुसार २५ वटा कन्टेनर र ईभी बाहेक अन्य १० वटा मालवाहक सवारी साधन बाढीले बगाएको बताए । ‘सबै सामग्री ल्याएका भन्सार जाँचपास भएका सवारी साधन थिए, अहिले १२ वटा भन्सार यार्डमा पनि छन्’, अध्यक्ष कार्कीले भने ।

बाढी आएपछि २० जना जति सवारी साधनमा काम गर्ने ड्राइभर लगायतका कर्मचारी पारीपट्टी रहेको उनले बताए । अहिले भन्सार यार्डमा रहेका सवारी साधन पनि बग्ने वा नबग्ने एकिनका साथ भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : ५९ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार