बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन « Khabarhub

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

मंगलबार सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन् । 

मन्त्री दाहालले भोटेकोशी नदीले पुर्यायको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिए । 

‘अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउनुस्’, उनले भने,’नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउन जनशक्ति र स्रोत–साधन परिचालन गर्न पनि लाग्नुस्।’ 

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप क्षति  हुनसक्ने पक्षलाई मध्यनजर गरी वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि पनि सम्बद्ध निकायसँग समन्वय गरी काम गर्न आग्रह गरे। उनले उक्त सडकबाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी आवश्यक बन्दोबस्त गर्न निर्देशन दिए। 

विभागका महानिर्देशक डा विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्यायको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ । यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ । 

‘बाढी र वर्षाको अवस्थाअनुसार विभागले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउँछौँ’, महानिर्देशक जैसीले भने,’सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।’ 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : २० बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर