बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन « Khabarhub

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

मंगलबार सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन् । 

मन्त्री दाहालले भोटेकोशी नदीले पुर्यायको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिए । 

‘अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउनुस्’, उनले भने,’नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउन जनशक्ति र स्रोत–साधन परिचालन गर्न पनि लाग्नुस्।’ 

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप क्षति  हुनसक्ने पक्षलाई मध्यनजर गरी वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि पनि सम्बद्ध निकायसँग समन्वय गरी काम गर्न आग्रह गरे। उनले उक्त सडकबाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी आवश्यक बन्दोबस्त गर्न निर्देशन दिए। 

विभागका महानिर्देशक डा विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्यायको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ । यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ । 

‘बाढी र वर्षाको अवस्थाअनुसार विभागले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउँछौँ’, महानिर्देशक जैसीले भने,’सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।’ 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : २० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर