ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ? | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पाँचभन्दा धेरै सहकारी संस्थाको बचत रकम ठगी गरेर फरार गितेन्द्रबाबु राई (जीबी) बारे संसद्मा प्रश्न उठाएका छन् ।

उनले मंगलबार बसेको संसद् बैठकमा बोल्दै जीबी राईलाई लुकाउन सरकारले अर्बौँमा डिल गरेको आरोप पनि लगाएका छन् । ‘जीबी राई कहाँ छन् ? जीबी राईलाई लुकाउनका लागि अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो?,’ उनले सोधे ।

यसअघि जीबीलाई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री रमेश लेखकले अहिले त्यसतर्फ चासोसमेत नदिएको पनि बताएका छन् ।

‘हिजो प्रतिपक्षमा हुँदा जीबी पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ?’, उनले सोधे, ‘हामीलाई जीबी राई चाहियो। सरकारले चाहेमा नसक्ने आधार छैन । सहकारी छानबिन समिति बनाएर जीबी पनि खोज्ने हामीले भनेका थियौँ ।’

प्रतिपक्षमा हुँदा जीबी राई पक्राउ गरेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री लेख कुन दुलोमा लुकेर बसेका छन् भनेर उनले प्रश्न गरे । ‘हामीलाई जीबी राई चाहियो’, उनले भने, ‘सहकारीको विषयमा छानबिन गर्न बनेजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : २९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं