बाढी र पहिरो चल्दा देशभर थप चार सडक अवरुद्ध « Khabarhub

बाढी र पहिरो चल्दा देशभर थप चार सडक अवरुद्ध


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबार राति परेको वर्षापछि चलेको बाढी र पहिरोमा देशभर थप चार सडक अवरुद्ध भएको छ । सडक विभागले गएरातिदेखि थप चार सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा हिमबाढी आउँदा गल्छी-त्रिशुली-मैलुङ्ग-स्याप्रुबेंशी-रसुवागढी सडक योजना अवरुद्ध भएको छ । रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।

विभागका अनुसार; चीनबाट ठूलो बाढी आउँदा सीमा नाकाको मितेरी पुल बगाएको र तटीय क्षेत्रको सडक कटान भएको हो । यो सडक कहिलेसम्म खुलाउन सकिन्छ भन्नेबारे विभागले कुनै जानकारी दिएको छैन ।

शहीद मार्ग सडक योजना अन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाँऊ-थवाङ-लुकुम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको खरिबोटमा ढुङ्गासहित पहिरो आएकोले सडक खुलाउन समस्या भएको र हाल मेशिन तैनाथ रहेको विभागले जनाएको छ ।

पाँचथरको हेवा खोलामा बाढी चल्दा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडक खण्ड पनि अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर सडक सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ ।

सल्यानको चोरखोलामा बाढी आउँदा राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुल्सीपुर-शीतलपाटी-थारमारे-मुसीकोट सडक पनि अवरुद्ध छ । भोलि उज्यालो भएपछि मेसिन प्रयोग गरी सडक खुलाउने विभागको योजना छ ।

विभागका अनुसार हाल देशभर ७२ सडक एकतर्फी चालु अवस्थामा र पाँच सडक अवरुद्ध छ । ७५ सडक दुईतर्फी सञ्चालनमा छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ०३ बजे

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं– चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन