बाढी र पहिरो चल्दा देशभर थप चार सडक अवरुद्ध | Khabarhub Khabarhub

बाढी र पहिरो चल्दा देशभर थप चार सडक अवरुद्ध


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबार राति परेको वर्षापछि चलेको बाढी र पहिरोमा देशभर थप चार सडक अवरुद्ध भएको छ । सडक विभागले गएरातिदेखि थप चार सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा हिमबाढी आउँदा गल्छी-त्रिशुली-मैलुङ्ग-स्याप्रुबेंशी-रसुवागढी सडक योजना अवरुद्ध भएको छ । रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।

विभागका अनुसार; चीनबाट ठूलो बाढी आउँदा सीमा नाकाको मितेरी पुल बगाएको र तटीय क्षेत्रको सडक कटान भएको हो । यो सडक कहिलेसम्म खुलाउन सकिन्छ भन्नेबारे विभागले कुनै जानकारी दिएको छैन ।

शहीद मार्ग सडक योजना अन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाँऊ-थवाङ-लुकुम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको खरिबोटमा ढुङ्गासहित पहिरो आएकोले सडक खुलाउन समस्या भएको र हाल मेशिन तैनाथ रहेको विभागले जनाएको छ ।

पाँचथरको हेवा खोलामा बाढी चल्दा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडक खण्ड पनि अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर सडक सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ ।

सल्यानको चोरखोलामा बाढी आउँदा राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुल्सीपुर-शीतलपाटी-थारमारे-मुसीकोट सडक पनि अवरुद्ध छ । भोलि उज्यालो भएपछि मेसिन प्रयोग गरी सडक खुलाउने विभागको योजना छ ।

विभागका अनुसार हाल देशभर ७२ सडक एकतर्फी चालु अवस्थामा र पाँच सडक अवरुद्ध छ । ७५ सडक दुईतर्फी सञ्चालनमा छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ०३ बजे

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

सिरहा– मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहामा करिब

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई

‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म

काठमाडौं – नायक अनमोल केसी स्टार फिल्मको ग्रस कलेक्सन ११