पहिरोमा खस्दा घाइते चालकको मृत्यु « Khabarhub

पहिरोमा खस्दा घाइते चालकको मृत्यु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते हुँदा चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् । मोटरसाइकलमा पछाडि सवार उहाँको श्रीमती कल्पना चापागाई भने सामान्य घाइते भएका छन‌ । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । रासस

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : १५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी