आज पशुपतिनाथमा पवित्रारोहण हुँदै « Khabarhub

आज पशुपतिनाथमा पवित्रारोहण हुँदै


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ। आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ।

कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए। पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ।

भगवान् पशुपतिनाथलाई शुक्रबार नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन्।

आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : १८ बजे

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी