अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् । शुक्रबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

सबै समितिका बैठक बिहान ९ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित समितिका बैठक कक्षमा बस्नेछन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ ।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूका साथै विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : ५८ बजे

भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन

कञ्चनपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त

कार्यवाहक प्रधानमन्त्री सिंहले भने- नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिई काम भइरहेको छ

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन

लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो

धनगढी– नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओली

अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने

काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा