बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध « Khabarhub

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । यस सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।

सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भएको सारुले बताए । उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो ।

त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि पानीको सतह बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : १२ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह