खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन « Khabarhub

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१–०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ ।

कूल १३ करोड ९९ लाख आठ हजार रुपैयाँ बजेट विनियोजन भएकामा १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र सङ्घीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिए ।

छब्बीस वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए । खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ÷छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एक–एक वटा योजना सम्पन्न भएका छन् ।

डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ । तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र २७७ वटा अन्य संरचना निर्माण भएको छ ।

कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ । ६ किलोमिटर पक्की नहर, ६ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण भएको छन् ।

नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न ६ वटा योजनामार्फत ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा ३०० थान ग्याबियन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको जनाइएको छ ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास गरिएको कार्यालय प्रमुख ओझाले बताए । यसैगरी ११४ घरमा जडान भएका सौर्य ऊर्जाको मर्मत गरिएको छ । (रासस)

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : १७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने