रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ? « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ?


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाकाअनुसार बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा पार्टीको तयारी, निजामती कर्मचारी विधेयकअन्तर्गत कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ । 

यस्तै बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागको प्रगति रिपोर्टलगायत विषयमा छलफल हुने प्रवक्ता झाले बताए । प्रदेश इन्चार्जहरुले पनि प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने छन् ।

केन्द्रीय समिति बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन गर्नुका साथै पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने