महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा « Khabarhub

महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय चर्चित गायक हनी सिंह र करण औजला महिलाहरूप्रति आपत्तिजनक र अपमानजनक भाषा प्रयोग गरेको आरोपमा कानूनी विवादमा तानिएका छन् ।

पञ्जाब राज्य महिला आयोगले स्वतः संज्ञान लिँदै दुवै गायकलाई आदेश पत्र पठाएको छ । उनीहरूलाई अगस्ट ११, २०२५ मा आयोगमा आफैँ उपस्थित हुन निर्देशन दिएको छ ।

भारतीय मिडियाका अनुसार करण औजलाको हालै सार्वजनिक गरिएको गीत ‘एमएफ गभरु’, जसमा गीतका शब्द, सङ्गीत र गायन उनको आफ्नै रहेको छ ।

उक्त गीत महिलाविरोधी भाषा समावेश गरेको आरोपमा विवादमा आएको हो । उक्त गीत २०२५ अगस्ट १ मा युट्युबमा सार्वजनिक भएको थियो ।

सङ्गीतकार इक्कीको सहकार्यमा बनेको यस गीतको लोकप्रियता जति छ, आलोचना पनि त्यति नै तीव्र छ ।

महिलाको गरिमा माथि प्रहार गर्ने शब्दहरू समावेश भएको भन्दै पञ्जाब महिला आयोगले प्रहरी महानिरीक्षक (डीजीपी)लाई यस मामिलाको अनुसन्धान गर्न वरिष्ठ अधिकारी तोक्न निर्देशन दिएको छ ।

त्यस्तै, चर्चित र्‍याप गायक हनी सिंह पनि यस्तै आरोपमा फसेका छन् । सन् २०२४ मा सार्वजनिक भएको उनको एल्बम ‘ग्लोरी’ अन्तर्गतको गीत ‘मिलिनियर’मा प्रयोग भएको भाषाका कारण उनीमाथि पनि सोहि आयोगले स्वतः संज्ञान लिएको हो ।

एल्बममा ‘पायल’, ‘बोनिता’, ‘जट्ट मेहकमा’ र ‘हाई अन मी’ जस्ता अन्य ट्रयाकहरू पनि छन्, जसलाई गुलशन कुमार र टी–सिरिजले प्रस्तुत गरेका थिए ।

हनी सिंहलाई पनि अगस्ट ११, २०२५ मा आयोगमा उपस्थित हुन भनिएको छ। हाल दुवै गायक विदेशमा रहेका खबरहरू आएका छन् । तर महिला आयोगले कुनै पनि कारण देखाएर अनुपस्थित हुन नपाइने स्पष्ट गर्दै अनिवार्य उपस्थितिको निर्देशन दिएको छ ।

पञ्जाब राज्य महिला आयोगको यो कदमले महिलाप्रति हुने साङ्गीतिक अश्लीलता र अपमानजनक अभिव्यक्तिविरुद्ध सशक्त सन्देश दिएको छ । आयोगका अनुसार दोष प्रमाणित भएमा यी गीतमाथि प्रतिबन्ध लाग्ने सम्भावना पनि प्रबल रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ४२ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।