काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते  « Khabarhub

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते 


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गएराती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्किएका छन् भने वडाध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । गिरिको देब्रे खुट्टा फ्याक्चर भएको छ । चालक पाँचखाल नगरपालिका– ५ का युनिस गौतम भने सकुशल छन् ।

ब्रेक फेल भएर बोलेरो माटोको ढिस्कोमा ठोक्किएको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : १४ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार