काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते  « Khabarhub

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते 


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गएराती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्किएका छन् भने वडाध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । गिरिको देब्रे खुट्टा फ्याक्चर भएको छ । चालक पाँचखाल नगरपालिका– ५ का युनिस गौतम भने सकुशल छन् ।

ब्रेक फेल भएर बोलेरो माटोको ढिस्कोमा ठोक्किएको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : १४ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि