बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु « Khabarhub

बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा पूर्वशिक्षामन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझाको लडेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिएका छन् । हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झर्ने क्रममा उनी करिब ७ सय मिटर तल खोचमा खसेका थिए ।

गोकर्णश्वर–५ काठमाडौं निवासी ओझा राति नै बडिमालिकाबाट फर्किरहेका थिए । अँध्यारोमा बाटोमा हिँड्दा भिरबाट चिप्लिएर खसेको प्रहरीको अनुमान छ । 

बिहान करिब साढे ८ बजे मात्र घटनाको जानकारी भएको र प्रहरीले उद्धार कार्य अघि बढाएको छ ।

आज बडिमालिका शक्तिपीठमा विशेष पूजा भइरहेको छ भने बुढिनन्दामा पनि पूजा आरम्भ भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : २८ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह