बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु « Khabarhub

बडिमालिकाबाट फर्किँदा पूर्वमन्त्री ओझाका छोराको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा पूर्वशिक्षामन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझाको लडेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिएका छन् । हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झर्ने क्रममा उनी करिब ७ सय मिटर तल खोचमा खसेका थिए ।

गोकर्णश्वर–५ काठमाडौं निवासी ओझा राति नै बडिमालिकाबाट फर्किरहेका थिए । अँध्यारोमा बाटोमा हिँड्दा भिरबाट चिप्लिएर खसेको प्रहरीको अनुमान छ । 

बिहान करिब साढे ८ बजे मात्र घटनाको जानकारी भएको र प्रहरीले उद्धार कार्य अघि बढाएको छ ।

आज बडिमालिका शक्तिपीठमा विशेष पूजा भइरहेको छ भने बुढिनन्दामा पनि पूजा आरम्भ भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : २८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने