सभामुख घिमिरेको आतिथ्यतामा ‘नालापानी’ प्रदर्शन हुने « Khabarhub

सभामुख घिमिरेको आतिथ्यतामा ‘नालापानी’ प्रदर्शन हुने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण पक्षले ऐतिहासिक भनेको चलचित्र ‘नालापानी’को शुक्रबार ऐतिहासिक प्रदर्शन हुने भएको छ । निर्माण पक्षले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा चलचित्रको ऐतिहासिक प्रदर्शन गर्न लागेको हो । 

चलचित्र नालापानीको शुक्रबार अपराह्न ४ बजे भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा प्रदर्शन हुने घिमिरेको सचिवालयले जनाएको छ । निर्माण पक्षले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ । 

यस्तै मन्त्री, सांसद, विभिन्न दलका नेता, सरकारका उच्चपदस्थ कर्मचारी र पत्रकारहरूलाई पनि प्रदर्शनीमा आमन्त्रण गरिएको छ । मनोज शाक्यको निर्माण रहेको चलचित्र नालापानीको निर्देशन रिमेश अधिकारीले गरेका छन् । 

अधिकारी परिकल्पनाकार र निर्माता पनि हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : ५३ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका