सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड « Khabarhub

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) ०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा एक अर्ब ८६ करोड २७ लाख ८७ हजार २४६ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०८०–८१ को सोही अवधिमा बैंकको त्यस्तो नाफा ५८ करोड ३ लाख ६१ हजार ६१७ रुपैयाँ रहेको थियो । बैंकको नाफामा वृद्धि भएसँगै लाभांश वितरण क्षमता १३.२२ प्रतिशत पुगेको छ।

बैंकको गत आवमा खुद नाफा २०.२४ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार ७२६ रुपैयाँ पुगेको छ । अघिल्लो आव ०८०–८१ मा बैंकको खुद नाफा ३ अर्ब ८ करोड २८ हजार ६८४ रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानीमा ६.४३ प्रतिशतले वृद्धि गरेर ८ अर्ब ४४ करोड ९९ लाख २० हजार ११९ रुपैयाँ पुर्याएको छ । त्यस्तै गत आवमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवको तुलनामा १५ प्रतिशत बढी अर्थात् १ अर्ब ६४ करोड १५ लाख १४ हजार ७२९ रुपैयाँ र सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढी अर्थात् ११ अर्ब १६ करोड ६८ लाख ४० हजार ३६५ रुपैयाँ गरेको छ ।

गत वर्षको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९३ गुणा र प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ । तथ्यांकअनुसार जोखिमभार पुँजीको ११.७७ र खराब कर्जा २.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ०१ बजे

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर