ट्रम्पले भारतसँग व्यापार सम्झौताबारे वार्ता गर्न मानेनन्, पहिले ट्यारिफ विवाद सुल्झाउन दबाब « Khabarhub

ट्रम्पले भारतसँग व्यापार सम्झौताबारे वार्ता गर्न मानेनन्, पहिले ट्यारिफ विवाद सुल्झाउन दबाब


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौताबारे वार्ता गर्न अस्वीकार गरेका छन्। उनले शुक्रबार वासिङ्टनमा भनेका छन्— जबसम्म ट्यारिफसम्बन्धी विवाद समाधान हुँदैन, तबसम्म कुनै पनि वार्ता अघि बढ्दैन।

रसियासँग हतियार र तेल किनेको रिसमा ट्रम्प प्रशासनले भारतमाथि अहिलेसम्म ५० प्रतिशत सम्मको ट्यारिफ लगाइसकेको छ। ३० जुलाई मा २५ प्रतिशत ट्यारिफ घोषणा गरिएको थियो, यो ७ अगस्ट देखि लागू भइसकेको छ ।

६ अगस्ट मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै थप २५ प्रतिशत ट्यारिफ बढाए, जुन २७ अगस्ट देखि लागू हुनेछ।

ट्रम्पको आदेशमा भारतले रूसबाट तेल किनेका कारण यो कारबाही गरिएको भनिएको छ । रूसले यही आम्दानी युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी ट्रम्प प्रशासनले गरेको छ।

यता अमेरिकी विदेश विभागले भने भारतलाई ‘रणनीतिक साझेदार’ बताउँदै वार्ता जारी रहने स्पष्ट पारेको छ। प्रवक्ता टमी पिगटले भनेका छन्, ‘ट्रम्पले व्यापार असन्तुलन र रूसबाट तेल किनमेलको विषयमा आफ्नो चासो स्पष्ट रूपमा राखेका छन्, तर वार्ता खुल्ला रूपमा जारी छ।’

पाँच चरण वार्ता अर्को अनिश्चित

भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार सम्झौता (बीटीए) को पाँच चरण वार्ता सकिएको छ। २५ अगस्टमा छैठौं चरण भारतमा वार्ता हुने भनिएको थियो। तर ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अब यो अनिश्चित बनेको छ।

दुवै देश सेप्टेम्बर–अक्टोबरसम्म सम्झौताका पहिलो चरण पुरा गर्ने प्रयासमा थिए। ट्रम्पका सल्लाहकार पीटर नभारोले भारतमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, ‘भारत अमेरिकी सामानमा विश्वमै सबैभन्दा धेरै टैरिफ लगाउँछ। भारत रूसी तेल अमेरिकी डलरमा किन्छ र ती डलर रूसी हतियार निर्माणमा प्रयोग हुन्छन्।’

ट्रम्पले भारतमाथि थप प्रतिबन्धको चेतावनी दिएका छन् । ‘अहिलेसम्म ८ घण्टा मात्रै भयो, अझ धेरै बाँकी छ। धेरै प्रतिबन्ध अझै आउँदैछन्’, उनले भनेका छन् ।

अर्को प्रतिबन्ध भनेको तेस्रो मुलुकको रूससँगको व्यापारिक सम्बन्धका आधारमा लगाइने प्रतिबन्ध हो, जसअन्तर्गत भारतका कम्पनी वा बैंकहरूलाई लक्षित गरिनेछ।

भारतीय विदेश मन्त्रालयले ट्रम्पको निर्णयको विरोध गरेका छ । ‘हामी बजार अवस्थाअनुसार तेल किन्छौँ, जसको उद्देश्य १४० करोड भारतीय नागरिकको ऊर्जा सुरक्षा हो। अमेरिका जुन किसिमले भारतमाथि ट्यारिफ लगाइरहेको छ, त्यो अनुचित, अन्यायपूर्ण र नाजायज हो। भारत आफ्ना राष्ट्रिय हितका लागि आवश्यक सबै कदम चाल्नेछ’, विदेश मन्त्रालयले भनेको छ ।

उता ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ, ‘भारत सरकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूसी तेलको आयात जारी राखेकाले अब भारतबाट अमेरिका आउँने वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लागू गरिनेछ।’

तर आदेशमा केही छुटको प्रावधान पनि राखिएको छ । यदि सामान समुद्रमा लोड भइसकेको वा तोकिएको मितिभन्दा अघि अमेरिका पुगिसकेको भए ट्यारिफबाट छुट दिइनेछ।

मार्च २०२२ मा अमेरिका स्वयंले रूसबाट तेल तथा सम्बद्ध उत्पादनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। अब ट्रम्प प्रशासनले भारतले उक्त प्रतिबन्धको सन्देश उल्लंघन गर्दै रूसी तेल खरिद गरिरहेको निष्कर्ष निकाल्दै ट्यारिफ बढाएको हो।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ४२ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको