भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन « Khabarhub

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन युवती समातिएकी हुन् ।

ब्युरोका अनुसार २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई कतारको दोहा हुँदै नेपाल आएर भुटान जान लाग्दा विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरिएको हो ।

उनलाई चेकजाँच गर्दा स्वेटरको कालो रङको ब्राभित्र कण्डममा भरेर लुकाएर राखिएको लागूऔषध कोकिन १ केजी ९५० ग्रामसहित पक्राउ गरिएको हो।

ब्राजिलबाट कतार हुँदै आएकी फेरेराले ब्राभित्र लुकाएर राखिएको कोकिन प्लास्टिकमा प्याक गरेको अवस्थामा फेला परेको व्युरोले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ।

यस घटनालाई लागू औषध तस्करीका अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएको आशंका गरिएको छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : २० बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका