ज्ञानेन्द्र शाहीको प्रश्न : कांग्रेस र एमालेका सहकारी ठगलाई कहिले जेल हाल्ने ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न : कांग्रेस र एमालेका सहकारी ठगलाई कहिले जेल हाल्ने ?


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताले सहकारी क्षेत्रमा गरेका ठगीले लाखौं नेपालीको कमाइ जोखिममा पारेको बताएका छन्।

बचतकर्ताको बिचल्ली र सुकुम्बासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेको उनले बताए ।

शाहीले कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।

उनले शुक्रबार लेखेका छन्, ‘गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छ? गृहमन्त्रीज्यू तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।’

यो केवल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको व्यक्तिगत विषय मात्रै नभई नेपालका धेरै कैदीबन्दीले भोगिरहेको यथार्थ भएको शाहीले बताएका छन् ।

के भने शाहीले ?

हालै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित कारागारमा राखिएको तस्बिरले हाम्रो न्याय प्रणालीको गम्भीर र संरचनागत समस्यालाई पुनःउजागर गरेको छ। यसले आमनागरिकमा न्यायिक प्रक्रियाप्रतिको विश्वासमाथि प्रश्नचिह्न खडा गरेको छ।

सहकारी ठगी कहिलेसम्म सहने, गृहमन्त्रीज्यू?

काङ्ग्रेस र एमालेका नेताले सहकारी क्षेत्रमा गरेका विकराल ठगीले लाखौं नेपालीको पसिनाको कमाई जोखिममा पारेको छ। बचतकर्ताको बिचल्ली र सुकुम्बासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेका छन्। यो गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छ? गृहमन्त्रीज्यू तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।

यो केवल रवि लामिछानेको व्यक्तिगत विषय मात्र नभई नेपालका धेरै कैदीबन्दीहरूले भोगिरहेको यथार्थ हो। कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनु, आधारभूत मानवीय आवश्यकता र अधिकारको सुनिश्चितता नहुनु, तथा न्याय प्रक्रियामा ढिलासुस्ती हुनुजस्ता समस्याहरू वर्षौँदेखि विद्यमान छन्। यी समस्याले कैदीबन्दीको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै उनीहरूको मानवअधिकारको हनन गर्दछ।

हाम्रो संविधानले हरेक नागरिकलाई निष्पक्ष न्याय र मानवीय व्यवहारको प्रत्याभूति गरेको छ। तर, कारागारको वर्तमान अवस्था र न्यायिक प्रक्रियाको सुस्तताले यी संवैधानिक प्रावधानहरूको उपहास गरिरहेको छ।

यस सन्दर्भमा, हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउन चाहन्छौं र निम्न सुधारका लागि तत्काल कदम चाल्न आग्रह गर्दछौं।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ३९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा