लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो « Khabarhub

लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओली वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई कञ्चनपुरको महेन्द्रनगर सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वलाई देवत्वकरण गरिरहनु आवश्यक नभएको पनि बताएका छन् । ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ भविष्यमा मात्रै स्पष्ट हुने अद्भूत क्षमता रहेको उनले बताए । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित भएको होइन,’ भट्टले भने।

उनले एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र भएको बताउँदै सम्भव बनाउने नेतृत्व ओलीकै हातमा रहेको उल्लेख गरे ।

‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ । शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ उनले दाबीसहित भने ।

एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने बताए । ‘ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने अरू नेता नेपालमा छैनन्,’ भट्टले भने । 

राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्धता पनि उनले जनाए । उनले त्यहीकारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिइएको बताए । ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ ।’

पार्टीको बैठकमा समर्थन र बाहिर बिरोध गर्ने कुराले अर्थ अब नराख्ने उनले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानभक्त ढकाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहित सहभागी छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ५८ बजे

कूटनीतिमा महिला दिवस मनाईँदै, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा