अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने « Khabarhub

अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले टियु क्रिकेट मैदानको स्तरोन्नतीका लागि अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ठाकुर गैरेले बताए । 

समितिले यही साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गरेको थियो । समितिले अनुगमन गरेपछि हालसम्मको बीचको अवधिमा भएका प्रगतिको विवरण उपलब्ध गराउन निर्देशन दिइएको सभापति गैरेले बताए। 

यसअघि स्थलगत अनुगमनका क्रममा स्तरोन्नतिको काममा सन्तोष जनाएको समितिले छिटै बाँकी काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने समेत जनाएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ५६ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार