भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन « Khabarhub

भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले केपी शर्मा ओलीबिनाको एमाले बनाउने कुरा गलत ढंगले उठाइएको बताएका छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई महेन्द्रनगरमा सम्बोधन गर्दै नेता ढकालले पार्टीभित्र लोकतान्त्रिक अधिकार अन्तर्गत ‘म ओली भन्दा राम्रो पार्टी चलाउँछु’ भन्न समस्या नहुने बताए । तर त्यस्तो अभिव्यक्ति सन्दर्भअनुसार जिम्मेवार ढंगले दिनुपर्नेमा उनले जोड दिए।

‘केपी ओलीबिनाको एमाले बनाऊँ भन्न पाइन्छ। म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ। तर भन्ने कुरा ठाउँमा भन्नुपर्‍यो, कु-ठाउँमा भन्नु भएन’, उनले भने

नेता ढकालले पार्टीमा लागू गरिएको दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नहटाइएको नभएको स्पष्ट गरे।

उक्त निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा व्यापक छलफलपछि ल्याइएको उनले बताए। महाधिवेशनमा सहभागी हुन आवश्यक योग्यता पुगेका सबै नेताले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्ने अधिकार यथावत् राखिएको उनले बताए ।

पार्टीभित्रको स्वस्थ बहसलाई स्वाभाविक मान्दै ढकालले विधि–विधानविपरीत हल्ला चलाउनु अमर्यादित र गैरजिम्मेवार भएको टिप्पणी गरे। उनले यस्तो प्रवृत्ति पार्टीको नैतिक मूल्यमान्यताविपरीत हुने धारणा राखे ।

ढकालले अध्यक्ष ओलीको नेतृत्वमा आगामी निर्वाचनसम्म पार्टीलाई अघि बढाउने प्रस्ताव लगभग सर्वसम्मत रहेको बताए।

‘पार्टीभित्र सबैले ओलीकै नेतृत्व चाहन्छन्। बैठकमा ओलीकै नेतृत्वमा एक कार्यकाल पार्टी सञ्चालन गरियोस् भन्ने धारणा छ। बाहिर देशी–विदेशी षड्यन्त्रसँग सहमत हुने कुरा पार्टी हितविपरीत हो’, उनले भने ।

आगामी निर्वाचन लक्षित मिशन ०८४ को कमाण्ड ओलीले सम्हाल्ने कुरामा एमाले कार्यकर्ता प्रस्ट भइसकेको पनि उनले बताए।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ०९ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर