भारतीय प्रहरीले भन्यो- उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकामध्येमा नेपाली छैनन्   « Khabarhub

भारतीय प्रहरीले भन्यो- उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकामध्येमा नेपाली छैनन्  


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्ड प्रहरीले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई उत्तरकाशी जिल्लामा पर्ने धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाएका र उद्धार गरिएकाहरूको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ ।
 
उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव प्राप्त भएको भन्दै नेपाली दूतावासलाई जसमध्ये कोही नेपाली नागरिक नरहेको जानकारी गराएको हो । 

नेपाली दूतावासलाई दिइएको जानकारीअनुसार उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा गएको बाढीपहिरोमा परी पाँच नेपालीहरू हराइरहेका छन् ।

उत्तराखण्ड प्रहरीले दूतावासलाई घाइते भएका चार जना नेपालीहरूमध्ये उपचारपछि तीन जना घर फर्किएका र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि जानकारी गराएको छ । 

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर बाढीपहिरोपश्चात् नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी थिइन् । 

उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका नागरिक परेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर २ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू बाढीपहिरोपछि सम्पर्कमा नरहेका जनाएका छन् । 

अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् । मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : २२ बजे

कूटनीतिमा महिला दिवस मनाईँदै, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा