नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ घुस लिँदालिँदै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत असार ३२ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका साहले नगरपालिकाको वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग बिचौलियामार्फत्‌ घुस मागेका थिए ।

आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदावी गरिएको छ ।

आयोगले उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । साह २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ५४ बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र