कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतले पारित « Khabarhub

कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतले पारित


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।

मन्त्री राईले दफावार छलफलमा उठेका विषयमा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सामाजिक संस्थालाई नियमन, व्यवस्थापन, सम्वद्र्धन र सूचीकृत गर्न विधेयकले मद्दत गर्ने  बताए  । 

उनले सरकारको कामकाजमा महत्त्वपूर्ण योगदान दिइरहेका सामाजिक संस्थाहरू सूचीकृत भएमा हरेक संस्थाको काम, भूमिका र प्रभावबारेमा सरकारलाई जानकारी हुने भन्दै संस्थाहरूको कामलाई अझ व्यापक, व्यवस्थित र फराकिलो बनाउन विधेयक कोशे ढुङ्गा साबित हुने बताए ।

विशेष समय

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक विद्या चाम्लिङ राईले मुलुकी अपराध संहितामा बहुविवाह गर्नु अपराध मानेको कानुनलाई संशोधन गरी बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु महिला अधिकारको अपमान हो भनिन् ।

यस किसिमको कानुनबाट समाजमा अझै विकृति र विसङ्गति बढ्ने भएकाले कुनै पनि हालतमा यो कानुन बन्न नहुने उनले बताइन् ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभाका सदस्यहरू सविना बजगाईँ, विनोद राई, गणेशप्रसाद उप्रेती, गोम्बु शेर्पा, शोभ चेम्जोङ, रमेशकुमार बस्नेत, नम्वरलाल धिमाल र खगेश्वरी पौडेलले प्रदेशको विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक यही साउन २५ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा