माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ « Khabarhub

माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्याङ्कन दलहरूको आन्तरिक विषय भएकाले भन्दै आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधान विपरीत भएको बताएका हुन्  ।

स्वमूल्याङ्कन कार्यविधिमा विपक्षी दलहरूले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको उनले बताए ।

त्यस्तै अध्यक्ष नेपालले काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । पार्टीको विभिन्न पदमा रहेका व्यक्तिले विभिन्न चुनौतीको सामना गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेकोले संख्याका आधारमा मूल्याङ्कन नगर्न आग्रह गरे । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ०५ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका