विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक ग्यारेन्टी प्रतिबिम्बित हुनुपर्छ : नेता महर « Khabarhub

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक ग्यारेन्टी प्रतिबिम्बित हुनुपर्छ : नेता महर


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन् । 

शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले उक्त कुरामा जोड दिएका हुन् ।

लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयकको विषयवस्तु देशको शैक्षिक भविष्यका लागि गम्भीर चिन्तनको विषय भएको उनले बताए । 

कांग्रेसको शिक्षा विभागले संसदीय समितिलाई केही महिनाअघि नै आफ्नो संस्थागत सुझाव बुझाइसकेको उनले जानकारी दिएका छन् । कांग्रेसले सरोकारवालासँग व्यापक छलफल गरेर विधेयकलाई परिमार्जन गर्न पहलकदमी लिइरहेको महरले प्रस्ट पारे ।

शिक्षाको गुणस्तरीयता र विद्यार्थीको भविष्य सधैँ केन्द्रमा रहनुपर्नेमा उनले जोड दिए। अधिकारको मात्र खोजी गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गर्दै कर्तव्य बोधसहितको सुधार आवश्यक रहेको महरले औँल्याएका छन् ।

‘आफ्नो अधिकारको मात्र कुरा गर्दा सबैले कर्तव्यको सन्तुलन बिर्सन्छन् । यस्तो हुँदा प्रणालीमा समस्या आउँछ। त्यसैले मानव जीवनमा कर्तव्यबोधको ठूलो खाँचो रहन्छ,’ उनले भने ।

गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने धारणा पनि दोहोर्‍याएका छन् । शिक्षकलाई निजामतीसरहको सेवा सुविधा, प्रधानाध्यापकको अलग व्यवस्था, भौतिक पूर्वाधार र तालिममा राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

संविधानले प्रदान गरेका अधिकार गरिब, निमुखा र विपन्न वर्गले समेत अनुभव गर्न सक्ने किसिमको हुनुपर्नेमा महरको जोड छ ।

कमजोर वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति अन्तर्गत आवासको पनि व्यवस्था गर्नुपर्ने माग उठिरहेको सन्दर्भमा कांग्रेसले पनि यस विषयमा गम्भीरतापूर्वक छलफल गरिरहेको बुझिएको छ । शिक्षामा पहुँच र समानता सुनिश्चित गर्न यस्ता प्रावधान ऐनमा नै व्यवस्था गरिनुपर्ने आवाज बलियो गरी उठ्न थालेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : १२ बजे

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल