बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले कानुनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । 

बैठकले चालू आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियान कै रूपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । 

उनले बिभिन्न कार्यालयमा सरुवा गरी पठाउने लेखा सम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्य योजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए । 

बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गए पनि त्यही अनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे । उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरूले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।  

त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरूले बेरुजु फर्छ्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ३६ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका