निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’ « Khabarhub

निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किएका छन् । उनले सिरियलमा ‘राजु मास्टर’को पात्रसमेत निर्वाह गर्नेछन् ।

राजुका अनुसार आगामी साताबाट उनलाई सिरियलमा देख्न पाइनेछ । ९२३ भागबाट जिम्मेवारी सम्हाल्ने गरी सिरियल निर्माता कम्पनी मिडियाहबसँग सहमति भएको उनले खबरहबलाई बताए ।

राजु ‘मेरी बास्सै’बाट नै कलाकारितामा स्थापित भएका हुन् । यस सिरियलमा उनी बुम समात्ने जिम्मेवारीबाट प्रवेश गरेका थिए । पछि उनले ‘राजु मास्टर’को चरित्र पाएका थिए । यही पात्रबाट उनी चर्चित र स्थापित भए ।

सामाजिक सञ्जालको पहुँच विस्तारैसँगै टेलिभिजनको क्रेज खस्किएपछि राजुले यो सिरियल छाडेका थिए । ‘मेरी बास्सै’मा १२ वर्ष अभिनय गरेपछि उनले ०७५ साल चैतमा उक्त सिरियल छाडेका थिए ।

त्यसपछि राजु दुई सिरियल ‘जुठे’ र ‘सकस’ लेखन, निर्देशन र अभिनयमा लागे । तीन महिनाअघि राजुले ‘जुठे’ छाडेका थिए ।

६ वर्षपछि आफूलाई दर्शकमाझ चिनाउने सिरियलमा फर्किएकामा राजु उत्साहित छन् । सँगै उनले चुनैती पनि महसुस गरेका छन् । उनी भन्छन्, ‘लेखक र निर्देशकको जिम्मेवारीमा रहेका सिरियलमा थप परिस्कृत र लोकप्रिय बनाउने चुनौती छ भन्ने महसुस भइरहेको छ ।’

राजुले आफ्नो नेतृत्वमा ‘मेरी बास्सै’को चार भाग छायाङ्कन भ्याइसकेका छन् । उनले नयाँ परिवेशमा सिरियललाई निरन्तरता दिने सोचले धादिङको लोकेसनमा छायाङ्कन गरेका छन् ।

मेरी बास्सै हरेक मंगलबार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । हरेक भाग मिडियाहबको युट्युब च्यानलबाट पनि सार्वजनिक हुँदै आएको छ ।

अब सिरियलमा मास्टर्नीको भूमिकामा अनिता बस्नेत र राजुको सालीको भूमिकामा सबिना आचार्य पनि देख्न पाइनेछ ।

रामचन्द्र अधिकारी ‘गोक्ते काजी‘, सुरवीर पण्डित ‘दाह्री बा’, पल्पसा डंगोल ‘चम्सुरी’ र निरु खड्का ‘निर्मली’सिरियलको मुख्य भूमिकामा छन् ।

राजुले आफ्नो लेखन, निर्देशन र अभिनय रहेको सिरियल ‘सकस’लाई पनि नरन्तरता दिने योजनमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : १४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,