दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल दलित सङ्घका पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी कांग्रेस सुर्खेतका पूर्वउपसभापति एवम् संविधानसभा सदस्यसमेत रहेका बस्यालको निधनमा दुःख व्यक्त गरेका हुन् । क्यान्सर रोगबाट पीडित उनको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित निवासमा आज बिहान निधन भएको हो ।

विसं २००८ माघ १५ गते जन्मिएका स्व बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाइएको छ । बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले बस्यालको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताए  । स्व बस्यालले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने सभापति देउवाले बताए ।

सभापति देउवाले स्व बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ११ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई