अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू) « Khabarhub

अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैङ्कको भूमिका’ विषयक नीति संवाद कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित नीति संवादका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेल थिए । पूर्वप्रधानन्यायाधीश डा. कल्याण श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमलाई नेपाल सरकारका पूर्वमुख्यसचिव एवम्‌ आइएसएसआरका अध्यक्ष डा. शङ्करदास बैरागीले सहजीकरण गरेका थिए ।

प्रमुख अतिथि डा. पौडेलले आर्थिक विकास निम्ति राष्ट्र बैङ्कबाट आफूले ठूलो धक्का (बिग पुस) दिन नसक्ने, बरु सरकारले नै लगानी र विकासमा गाम्भीर्यता देखाउनुपर्ने धारणा राखे ।

पूर्वप्रधानन्यायाधीश एवम्‌ कार्यक्रमका सभापति डा. श्रेष्ठले मुलुकको आर्थिक विकासमा केन्द्रीय बैङ्कको निहीत जवाफदेहिता रहेको उल्लेख गर्दैए राष्ट्रको अर्थतन्त्र उत्थान गर्न मौद्रिक नियामकले भूमिका खेल्नुपर्ने बताए ।

‘’एकातिर हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ, त्यसनिम्ति हामीले धेरै काम गर्नुपर्नेछ, अर्कातर्फ संविधानअनुरुप राज्यका दायित्व पनि बढ्दैछन्‌’, डा. श्रेष्ठले भने, ‘अर्थतन्त्रमा उत्पादनशील पुनरुत्थान आवश्यक छ, राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीति र सरकारले ल्याएको वित्त नीतिबीच सामञ्जस्य हुनुपर्छ ।’

आइएसएसआरका अध्यक्ष डा. बैरागीले देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिबारे केही सूचक उल्लेख गर्दै अर्थतन्त्रले झेलिरहेका संरचनागत चुनौती र समाधानका उपाय मन्थन गर्न नीति संवाद आयोजना गरिएको बताए ।

कार्यक्रममा व्यवसायी तथा सरोकारवालाहरूले गभर्नर पौडेलसँग अर्थतन्त्र र व्यवसायका समस्या तथा समाधानबारे धारणा राखेका थिए । गभर्नर पौडेलले व्यवसायीका ती सवालमा आफ्नो जवाफ दिएका थिए ।

कार्यक्रमका तस्बिरहरु-

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ०० बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ