यूएई सिरिज पाकिस्तानलाई : नवाजको पाँच विकेट, अफगानिस्तान ७५ रनले पराजित « Khabarhub

यूएई सिरिज पाकिस्तानलाई : नवाजको पाँच विकेट, अफगानिस्तान ७५ रनले पराजित


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानले उचालेको छ। पाकिस्तानको जितमा मोहम्मद नवाज नायक बने। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

१४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा समेटिएको हो। अफगानिस्तानका कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानविरुद्ध आक्रामक बलिङ गरेका पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट हात पारे। चार ओभर बलिङ गर्दा एक मेडन राख्दै १९ रन खर्चिएर उनले पाँच विकेट हात पारेका हुन्। पाकिस्तानका लागि थप दुईदुई विकेट अब्रार अहमद र सुफियान मुकिमले हात पारे।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाउँदा मोहम्मद नवाज २५ र कप्तान सलमान आगाले २४ रन जोडेका थिए।

पाकिस्तानलाई १४१ रनमा समेट्नका लागि अफगानिस्तानका कप्तान खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुईदुई विकेट हात पारे।

पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट राष्ट्रसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो प्रतिस्पर्धा एसिया कपका लागि महत्त्वपूर्ण बन्नसक्छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको