मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त « Khabarhub

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज उनलाई सो पदमा नियुक्त गरेका हुन् । डा.ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन् । उनले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका छन् ।

मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३ को उपदफा २ (क) को व्यवस्था बमोजिम डा. ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ । 

मन्त्रालयका पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवकाश पाएपछि विकास समितिको अध्यक्ष पद रिक्त भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : १४ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी