बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : प्रचण्ड « Khabarhub

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : प्रचण्ड


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम नरोकिने बताएका छन् । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका-५, ठाँटी पोखरीमा सोमबार आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैन अध्यक्ष दाहालले भने, ‘स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै ५० अर्ब जति खर्च भइसकेको छ ।’ 

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि बालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताए। ‘चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,’ उनले भने, ‘पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।’

एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा जनतामा निराशा बढेको अध्यक्ष दाहालको आरोप थियो । 
 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : २३ बजे

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै