अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम  « Khabarhub

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले बताएकी छिन् । 

उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभइ कायरता भएको बताएकी छिन् । 

‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो’, गौतमले भनिन्, ‘यो हत्या हो ।’

यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति भएको गौतमले बताएकी छिन् । ‘जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो’, गौतमले भनेकी छिन् । 

‘अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ । यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो । यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो ।’, उनले भनेकी छिन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ४८ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब