प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ जना नयाँ उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

एक लाख एक हजार ७२४ जना मतदाता रहेका निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामी, चार जना स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

यस क्षेत्रका लागि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक सबै नयाँ उम्मेदवार हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख नौ हजार ५७४ मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा छन् । 

यस क्षेत्रबाट स्वतन्त्रसहित १९ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक बाँकी १७ जना सङ्घीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् ।

विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने नेकपाबाट उम्मेदवार बनेका सुनारले यसअघि २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिइसकेका थिए । 

यस क्षेत्रमा कूल एक लाख तीन हजार ८७ मतदाता रहेकामा एमालेका भट्ट र नेकपाका सुनारबाहेक सबै नयाँ उम्मेदवार हुन् । यहाँ तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । –रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ०८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग